एनपीएल २०२६ को मिति सार्वजनिक, कात्तिक ९ देखि सुरु

1k Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार तेस्रो संस्करणको प्रतियोगिता आयोजना हुने मिति घोषणा गरेको हो ।

क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिअनुसार एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ । यो अवधि इस्वी संवतअनुसार अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म पर्छ ।

प्रतियोगिताका लागि यसअघि नै खेलाडी अक्सन सम्पन्न भइसकेको छ । अहिले सहभागी आठवटै फ्रेन्चाइज टोलीले विदेशी खेलाडी अनुबन्ध गर्ने तयारी तथा प्रक्रिया अघि बढाइरहेका छन् ।

एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो । दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो । यससँगै तेस्रो संस्करणमा दुवै पूर्वविजेता टोलीसहित आठ फ्रेन्चाइजबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

766397504_949892088132755_403164340297175431_n(1)-1786201705.jpg
 
 
सम्बन्धित समाचार