२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर, करदाता प्रोत्साहन योजनाको नतिजा सार्वजनिक

1.5k Shares

काठमाडौं । करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक गरिएको छ। यसपटक २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जित्न सफल भएका छन्।

आन्तरिक राजश्व विभागका अनुसार शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका उपभोक्ताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ ले १० लाख रुपैयाँको बम्पर उपहार जितेको हो।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बम्पर उपहारको नतिजा सार्वजनिक गरेका थिए। विभागका अनुसार यस अवधिमा अन्य १५ जना उपभोक्ताले पनि जनही एक–एक लाख रुपैयाँको पुरस्कार जितेका छन्।

-2TojQCc-1786076444.jpg

साउन १ देखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका तथा नगदमा खरिद–बिक्री गरी विभागको वेबसाइटमा भौतिक बिल अपलोड गरेका उपभोक्तालाई लक्षित गरी यो उपहार योजना सञ्चालन गरिएको विभागले जनाएको छ।

विभागले उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन तथा कर प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन प्रोत्साहित गर्ने उद्देश्यले यस्तो योजना सञ्चालन गर्दै आएको जनाएको छ।

 
 
सम्बन्धित समाचार