साना नदीमा बहाव बढ्ने सम्भावना, ३० जिल्लाका बासिन्दालाई सचेत रहन आग्रह
1.1k
Shares
काठमाडौँ उपत्यकासहित देशका ३० जिल्लामा आज आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार निरन्तर वर्षाका कारण ती जिल्लामा बहने साना तथा मझौला नदी–खोलाहरूमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने सम्भावना छ।
महाशाखाले ताप्लेजुङ, इलाम, झापा, धनकुटा, भोजपुर, मोरङ, सुनसरी, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, लमजुङ, कास्की, म्याग्दी, बागलुङ, बाँके, जाजरकोट, रुकुम पूर्व, रुकुम पश्चिम, सुर्खेत, दार्चुला, बैतडी, अछाम र डोटी जिल्लामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
कोशी, नारायणी, कर्णाली र महाकालीलगायत ठूला नदीहरूको बहाव पनि बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने, यात्रा गर्ने तथा नदीजन्य गतिविधिमा संलग्न नागरिकलाई आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध छ।