ब्रोड पिकबाट निर्मल पुर्जासहित चार जनाको शव उद्धार

1.3k Shares

काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालबाट विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित चार जनाको शव उद्धार गरिएको छ।अभियान आयोजक एलिट एक्सपेडका अनुसार निर्मल पुर्जासँगै झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव सफलतापूर्वक उद्धार गरी बेस क्याम्पमा ल्याइएको हो।

कम्पनीले कठिन परिस्थितिमा उद्धार अभियान सफल बनाएको उद्धार टोलीको साहस, समर्पण र व्यावसायिकताको उच्च प्रशंसा गरेको छ।

साथै, उद्धार कार्यमा सहयोग पुर्‍याउने पाकिस्तानी सेना, पाकिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाली दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान तथा अभियानमा सहयोग गर्ने सम्पूर्ण निकायप्रति आभार व्यक्त गरेको छ।

एलिट एक्सपेडले उद्धार गरिएका चारै जनाको शव आवश्यक प्रक्रिया पूरा गरी अन्तिम संस्कारका लागि सम्बन्धित परिवारलाई हस्तान्तरण गरिने जनाएको छ।

सम्बन्धित समाचार