विराटनगरमा सबैभन्दा बढी १५१.६ मिमि वर्षा, लहानमा तापक्रम ३७.२ डिग्री

2.5k Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका वर्षा मापन केन्द्रमध्ये सबैभन्दा धेरै वर्षा मोरङको विराटनगर विमानस्थल क्षेत्रमा भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन १८ गते बिहान ८ः४५ बजेदेखि साउन १९ गते बिहान ८ः४५ बजेसम्मको अवधिमा सञ्चालनमा रहेका ४३७ वर्षा मापन केन्द्रमध्ये ३६५ केन्द्रमा वर्षा अभिलेख भएको छ। तीमध्ये मोरङको विराटनगर विमानस्थल केन्द्रमा सबैभन्दा बढी १५१.६ मिलिमिटर वर्षा मापन गरिएको हो।

सोही अवधिमा देशभरका ८७ केन्द्रबाट तापक्रमको विवरण पनि सङ्कलन गरिएको प्राधिकरणले जनाएको छ। तापक्रमतर्फ सिराहाको लहानमा सबैभन्दा बढी ३७.२ डिग्री सेल्सियस अधिकतम तापक्रम रेकर्ड भएको छ भने रुपन्देहीको तौलिहवामा सबैभन्दा बढी न्यूनतम तापक्रम २९.१ डिग्री सेल्सियस मापन गरिएको छ।

त्यसैगरी, मुस्ताङको थाकमार्फामा सबैभन्दा कम न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस र सोलुखुम्बुको लुक्लामा सबैभन्दा कम अधिकतम तापक्रम १६.१ डिग्री सेल्सियस रेकर्ड भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। (रासस)

सम्बन्धित समाचार