साना बचतकर्तालाई राहत : कान्तिपुर सेभिङ र पशुपति सहकारीका बचत फिर्ता

1.2k Shares

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ तथा पशुपति सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्न थालेको छ। समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना र पशुपति सहकारीका सात जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन्।

सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली गरी प्राप्त भएको रकमबाटै पीडित बचतकर्तालाई बचत फिर्ता गरिएको जनाएको छ। समितिले कानुनी व्यवस्थाअनुसार ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई वितरण गर्ने प्रक्रिया निरन्तर जारी रहेको स्पष्ट पारेको छ।

images.jpe

यस्तै, समितिले साउन १ देखि १५ गतेसम्म विभिन्न समस्याग्रस्त सहकारीका ६५ जना ऋणीबाट रकम असुली गरेको जानकारी दिएको छ। समितिका अनुसार पहिलो चरणमा न्यून रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको हो। आगामी दिनमा बचत रकमको आधारमा बचतकर्तालाई वर्गीकरण गर्दै चरणबद्ध रूपमा रकम फिर्ता गरिने समितिले जनाएको छ।

समितिले समस्याग्रस्त सहकारीबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनलाई प्रभावकारी बनाउँदै बचतकर्ताको रकम फिर्ता गर्ने कार्यलाई निरन्तर अघि बढाइने पनि जनाएको छ।

सम्बन्धित समाचार