काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले तरकारी, फलफूल, मसला तथा माछालगायत वस्तुको अद्यावधिक मूल्यसूची सार्वजनिक गरेको हो।
समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ७० रुपैयाँ, गोलभेँडा सानो (टनेल) २५ रुपैयाँ, रातो आलु ३७ देखि ५२ रुपैयाँ तथा प्याज (भारतीय) ५७ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
हरियो तरकारीतर्फ रायो साग प्रतिकिलो २०० रुपैयाँ, पालुङ्गो ३०० रुपैयाँ, तोरीको साग १५० रुपैयाँ, काउली १०० रुपैयाँ, बन्दा ३५ रुपैयाँ, ब्रोकाउली १२० रुपैयाँ, च्याउ (कन्य) २८० रुपैयाँ र डल्ले च्याउ ४०० रुपैयाँ तोकिएको छ।
फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन ३०० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती १८० रुपैयाँ, अनार ५०० रुपैयाँ, जुनार ३०० रुपैयाँ, आँप २००–२२० रुपैयाँ, एभोकाडो ५०० रुपैयाँ तथा नेपाली ड्रागन फ्रुट ५०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
यस्तै अदुवा प्रतिकिलो २३० रुपैयाँ, हरियो खुर्सानी ७० देखि २०० रुपैयाँ, हरियो धनियाँ ३०० रुपैयाँ, सुकेको लसुन (चाइनिज) २४० रुपैयाँ, नेपाली लसुन २०० रुपैयाँ तथा ताजा रहु माछा प्रतिकिलो ३४० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ। समितिले सार्वजनिक गरेको मूल्य अधिकतम थोक मूल्य भएकाले बजार, आपूर्ति अवस्था र मागअनुसार खुद्रा बजारमा मूल्यमा केही फरक पर्न सक्ने जनाएको छ।