काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित नेपाली तथा विदेशी आरोहीहरूको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै ब्रोड पिकमा भएको दुःखद घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ। उहाँले साहस, समर्पण र असाधारण उपलब्धिमार्फत नेपाललाई विश्वसामु गौरवान्वित बनाएका आरोहीहरूको योगदान सधैँ स्मरणीय रहने बताउनुभएको छ।
प्रधानमन्त्री शाहले निर्मल पुर्जा (निम्स दाइ) सहित सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।
उहाँले आरोहीहरूले पर्वतारोहणमार्फत नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा उचाइमा पुर्याएको उल्लेख गर्दै उहाँहरूको साहस, त्याग र समर्पण भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनिरहने विश्वास व्यक्त गर्नुभएको छ।
