ब्रड पिक दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति एमालेको श्रद्धाञ्जली

6.4k Shares

काठमाडौं । नेकपा (एमाले)ले पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

एमाले महासचिव शंकर पोखरेलले आइतबार शोक वक्तव्य जारी गर्दै दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्। उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन्।

वक्तव्यमा आठ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को योगदानको विशेष स्मरण गरिएको छ।

एमालेले ब्रड पिक दुर्घटनामा निम्स दाइसँगै पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधनबाट पार्टी मर्माहत भएको जनाएको छ।

पार्टीले नेपालको पर्वतारोहण क्षेत्र र देशको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा दिवंगत आरोहीहरूले पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूको सम्झना सधैं सम्मानका साथ गरिने उल्लेख गरेको छ।

सम्बन्धित समाचार