काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ। चाँदी प्रतितोला ४ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँ र चाँदी ४ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ र चाँदी ४ हजार ३१० रुपैयाँ कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव जारी छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस ४ हजार ६३ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।