काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ८० पैसा र बिक्री दर १५३ रुपैयाँ ४० पैसा कायम गरिएको छ।
राष्ट्र बैंकका अनुसार युरोपेली युरो एकको खरिद दर १७५ रुपैयाँ १९ पैसा र बिक्री दर १७५ रुपैयाँ ८८ पैसा रहेको छ। यस्तै, बेलायती पाउन्ड स्टर्लिङको खरिद दर २०४ रुपैयाँ ४५ पैसा र बिक्री दर २०५ रुपैयाँ २६ पैसा तथा स्विस फ्र्याङ्कको खरिद दर १८७ रुपैयाँ ७१ पैसा र बिक्री दर १८८ रुपैयाँ ४५ पैसा तोकिएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर १०६ रुपैयाँ ५६ पैसा र बिक्री दर १०६ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ भने क्यानेडियन डलरको खरिद दर १०८ रुपैयाँ ७७ पैसा र बिक्री दर १०९ रुपैयाँ २० पैसा कायम गरिएको छ। सिंगापुर डलरको खरिद दर ११८ रुपैयाँ ५१ पैसा र बिक्री दर ११८ रुपैयाँ ९७ पैसा रहेको छ।
खाडी मुलुकका मुद्रामध्ये साउदी रियाल एकको खरिद दर ४० रुपैयाँ ६९ पैसा र बिक्री दर ४० रुपैयाँ ८५ पैसा, कतारी रियालको खरिद दर ४१ रुपैयाँ ९१ पैसा र बिक्री दर ४२ रुपैयाँ ०८ पैसा तथा यूएई दिरामको खरिद दर ४१ रुपैयाँ ६० पैसा र बिक्री दर ४१ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ।
सबैभन्दा उच्च मूल्यको मुद्रामध्ये कुवेती दिनार एकको खरिद दर ४९६ रुपैयाँ ५९ पैसा र बिक्री दर ४९८ रुपैयाँ ५४ पैसा पुगेको छ। बहराइन दिनारको बिक्री दर ४०६ रुपैयाँ ८४ पैसा तथा ओमानी रियालको बिक्री दर ३९८ रुपैयाँ ४३ पैसा कायम गरिएको छ।
एसियाली मुद्रातर्फ जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३६ पैसा र बिक्री दर ९ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ६२ पैसा र बिक्री दर २२ रुपैयाँ ७१ पैसा तथा मलेसियन रिंगिटको बिक्री दर ३७ रुपैयाँ ५१ पैसा रहेको छ। दक्षिण कोरियाली वोन १०० को खरिद दर १० रुपैयाँ ६४ पैसा र बिक्री दर १० रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ।
यसैगरी, भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसामा स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले खुला बजार प्रणालीअन्तर्गत वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दरमा केही फरक पर्न सक्ने जनाएको छ।