प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

1.2k Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सुनसरीमा पछिल्लो समय विकसित भएको सुरक्षा तथा राजनीतिक परिस्थितिलाई केन्द्रमा राख्दै उनले देशवासीलाई सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको छ र प्रधानमन्त्री शाहले आजै राष्ट्रका नाममा आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ।

सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिबारे सरकारको दृष्टिकोण, शान्ति–सुरक्षा कायम गर्न चालिने कदम तथा नागरिकलाई संयमता अपनाउन गरिने आग्रह सम्बोधनका मुख्य विषय रहने अपेक्षा गरिएको छ।

पछिल्ला दिनमा सुनसरी घटनालाई लिएर राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप तीव्र बनेको छ भने संसद्मा पनि यस विषयमा चर्को बहस भइरहेको छ। घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा प्रभावित क्षेत्रमा शान्ति कायम गर्न सरकारमाथि दबाब बढिरहेका बेला प्रधानमन्त्रीको सम्बोधनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रधानमन्त्रीको सम्बोधनको समय र प्रसारणसम्बन्धी विस्तृत विवरण भने सरकारले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन।

 
 
 
सम्बन्धित समाचार