काठमाडौँ । प्रतिनिधिसभाले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकले प्रस्तावलाई सर्वसम्मत रूपमा अनुमोदन गर्दै विधेयकलाई विस्तृत छलफलका लागि सम्बन्धित समितिमा पठाएको हो।