नेप्सेमा दोहोरो अंकको गिरावट, अधिकांश उपसूचक राताम्मे

2.3k Shares

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। लगानीकर्ताको बिक्री दबाब बढेसँगै नेप्से परिसूचक १२.६८ अंकले घटेर बन्द भएको हो।

बजारसँगै कारोबार रकम पनि घटेको छ। यस दिन ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

कारोबारमा अधिकांश उपसमूह राताम्मे देखिएका छन्। विशेषगरी बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत्, लगानी तथा उत्पादनमूलक समूहमा गिरावट देखिएको छ। केही सीमित उपसमूहमा सामान्य सुधार देखिए पनि त्यसले समग्र बजारलाई उकास्न सकेन।

आजको कारोबारमा लगानीकर्ताहरू 'पर्ख र हेर'को अवस्थामा देखिएका छन्। बजारमा खरिदभन्दा बिक्री दबाब बढी हुँदा परिसूचकसँगै कारोबार रकम पनि खुम्चिएको विश्लेषण गरिएको छ।

बजार विश्लेषकहरूका अनुसार पछिल्लो समय लगानीकर्ताको मनोबल कमजोर रहनु, नाफा सुरक्षित गर्ने प्रवृत्ति र नयाँ लगानीकर्ता सक्रिय नदेखिनुले बजारमा दबाब कायम रहेको छ। आगामी कारोबार दिनहरूमा बजारको दिशा लगानीकर्ताको मनोविज्ञान र आर्थिक सूचकहरूको प्रभावमा निर्भर रहने अपेक्षा गरिएको छ।

 
 
 
सम्बन्धित समाचार