स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त, लिए शपथ

1.7k Shares

काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ । नियुक्तिपछि डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउने उद्देश्यका साथ डा. प्याकुरेललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको जनाएको छ।

स्वास्थ्य बीमा बोर्ड स्वास्थ्य बीमा कार्यक्रमको सञ्चालन, व्यवस्थापन तथा नीतिगत कार्यान्वयन गर्ने प्रमुख निकाय हो। नयाँ नेतृत्वसँगै बोर्डको सेवा प्रवाह र व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार