प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक
1k
Shares
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको छ।
बैठकमा पछिल्लो समय विकसित राष्ट्रिय सुरक्षा अवस्था, समसामयिक राजनीतिक तथा सुरक्षा चुनौती, साथै अन्य समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्का सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा मन्त्रालयका सचिव रहने कानुनी व्यवस्था छ।
सरकारले पछिल्ला सुरक्षा चुनौती, आन्तरिक शान्ति–सुरक्षा र राष्ट्रिय महत्वका विषयमा आवश्यक रणनीति तय गर्न परिषद्को बैठक बोलाएको जनाएको छ। बैठकले समसामयिक सुरक्षा अवस्थाबारे आवश्यक निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।