फ्रान्सेली टोलीको नेतृत्व सम्हाल्दै जिदान

2.2k Shares

काठमाडौं । फ्रान्सेली फुटबलका महान् खेलाडी जिनेदिन जिदान फ्रान्स राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। फ्रेन्च फुटबल फेडेरेसन (FFF) ले मंगलबार जिदानलाई औपचारिक रूपमा मुख्य प्रशिक्षक नियुक्त गर्दै १४ वर्षदेखि टोली सम्हालिरहेका डिडिएर डेसच्याम्प्सको उत्तराधिकारी बनाएको हो।

सन् १९९८ को विश्वकप विजेता टोलीका नायक जिदानले यसअघि स्पेनिस क्लब रियल म्याड्रिडको प्रशिक्षकका रूपमा ऐतिहासिक सफलता हासिल गरेका थिए। उनले रियललाई लगातार तीन पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए, जसलाई आधुनिक फुटबलको उत्कृष्ट प्रशिक्षकीय उपलब्धिमध्ये एक मानिन्छ।

विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्स स्पेनसँग पराजित भएपछि डेसच्याम्प्सको लामो कार्यकाल समाप्त भएको थियो। त्यसपछि जिदानलाई टोलीको नेतृत्व सुम्पिने अपेक्षा लामो समयदेखि गरिएको थियो, जसले अन्ततः औपचारिक रूप पाएको हो।

सम्बन्धित समाचार