विराटनगर यातायात कार्यालयले एक वर्षमा उठायो करिब ४९ करोड राजस्व

1.6k Shares

विराटनगर । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा रु ४८ करोड ९८ लाख २७ हजार १८७ राजस्व संकलन गरेको छ।

कार्यालयका सूचना अधिकारी लेखप्रसाद आचार्यका अनुसार सबैभन्दा बढी राजस्व सवारी साधन कर शीर्षकबाट संकलन भएको हो। यस शीर्षकबाट मात्रै रु ३८ करोड ५२ लाख ७९ हजार ४८२ राजस्व उठेको छ।

त्यस्तै, चालक अनुमति पत्र (लाइसेन्स) प्रदानबाट रु ८ करोड ५३ लाख ३३ हजार ४७५ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

यस्तै, रुट परमिट शुल्कबाट रु १ करोड १४ लाख ३१ हजार ८३०, अन्य सेवा शुल्कबाट रु ७५ लाख ५१ हजार, व्यवसाय दर्ता दस्तुरबाट रु १ लाख २८ हजार ३०० तथा दण्ड, जरिवाना र जफत शीर्षकबाट रु १ लाख ३ हजार १०० राजस्व संकलन भएको छ।

कार्यालयका अनुसार सवारी साधन कर र चालक अनुमति पत्रबाट भएको उल्लेखनीय राजस्व संकलनले प्रदेशको आन्तरिक राजस्वमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। आर्थिक वर्षभरि सेवाग्राहीको चाप बढेसँगै राजस्व संकलनमा पनि उल्लेखनीय वृद्धि भएको कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार