नेप्सेको सीईओ नियुक्तिका लागि खुला आवेदन, १५ दिनभित्र दरखास्त दिन आग्रह

2.2k Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति प्रक्रिया अघि बढाइएको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिले मंगलबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक योग्य उम्मेदवारबाट आवेदन मागेको हो।

समितिले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै सीईओ पदका लागि १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ।

अर्थ मन्त्रालयले सोमबार सहसचिव महेश आचार्य को संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो। सोही समितिले खुला प्रतिस्पर्धाबाट नयाँ सीईओ छनोट गर्न आवेदन प्रक्रिया सुरु गरेको हो।

नेप्सेका तत्कालीन सीईओ चूडामणि चापागाईं ले कार्यकाल पूरा हुनुअघि नै गत असार २२ गते राजीनामा दिएका थिए। उनी २०८१ चैत १९ गते नेप्सेको सीईओमा नियुक्त भएका थिए।

चापागाईंको राजीनामापछि रिक्त रहेको सीईओ पदमा नयाँ नेतृत्व चयन गर्न अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धाबाट नियुक्ति प्रक्रिया अघि बढाएको हो।

सम्बन्धित समाचार