2.3k
Shares
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले असार महिनाकै विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) समावेश गरेपछि उपभोक्ताबाट व्यापक आलोचना भएपछि अब आन्तरिक राजस्व विभागको रायअनुसार मात्रै अघि बढ्ने जनाएको छ।
प्राधिकरणले औद्योगिक तथा व्यावसायिक उपभोक्ताको असार महिनाको बिलमै भ्याट समावेश गरेर पठाउन थालेपछि यसबारे विवाद चर्किएको हो। कतिपय उद्योगी तथा व्यवसायीले पूर्वसूचना र स्पष्ट कानुनी आधारबिना एकैपटक भ्याट थपिएको भन्दै आपत्ति जनाएका छन्।