सुनको मूल्यमा १ हजार ६०० रुपैयाँको उछाल, प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ

1.7k Shares

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले वृद्धि भएर २ लाख ८७ हजार १०० रुपैयाँ पुगेको छ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले वृद्धि भई ४ हजार ४१० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार एक औँस सुन ४,०५२ अमेरिकी डलर तथा एक औँस चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सुन र चाँदीको अन्तर्राष्ट्रिय मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन्।

सम्बन्धित समाचार