सपना प्रधान मल्ललाई कायममुकायम जिम्मेवारी

6.1k Shares

काठमाडौं।सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सपना प्रधान मल्ललाई दिइएको छ।

प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि न्यायिक प्रशासनको निरन्तरता कायम राख्न मल्ललाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी तोकिएको हो।

प्रधानन्यायाधीश शर्माको विदेश भ्रमण अवधिभर सर्वोच्च अदालतको न्यायिक तथा प्रशासनिक नेतृत्व सपना प्रधान मल्लले सम्हाल्नेछिन्। उहाँले सर्वोच्च अदालतको नियमित इजलास सञ्चालन, प्रशासनिक निर्णय तथा अन्य आवश्यक कार्यको जिम्मेवारी निर्वाह गर्नुहुनेछ।

सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश तोक्ने व्यवस्था न्यायपालिकाको नियमित कार्यसम्पादनलाई अवरुद्ध हुन नदिन गरिएको संवैधानिक तथा प्रशासनिक अभ्यासअनुसार गरिएको हो।

प्रधानन्यायाधीश शर्मा भारत भ्रमणका क्रममा भारतीय सर्वोच्च अदालतको कार्यक्रममा सहभागी हुनुका साथै न्यायिक सहकार्य र अनुभव आदान–प्रदानसम्बन्धी विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।

 
 
 
सम्बन्धित समाचार