सांसदका स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

1.3k Shares

काठमाडौं । संघीय सांसदलाई स्वकीय सचिव राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

अधिवक्ता प्रेमराज सिलवालले दायर गरेको रिटको सुनुवाइका लागि सर्वोच्च अदालतले ११ साउन का लागि पेसी तोकेको छ।

रिटमा प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ।

जेन–जी विद्रोहपछि गठन भएको सरकारले यसअघि सांसदका स्वकीय सचिवको व्यवस्था खारेज गरेको थियो। तर, त्यस निर्णयलाई उल्टाउँदै प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले संघीय सांसदलाई पुनः स्वकीय सचिव राख्ने व्यवस्था गर्ने निर्णय गरेको थियो।

उक्त निर्णय कार्यान्वयनका लागि सरकारले ४ साउन मा नेपाल राजपत्रमा सूचना समेत प्रकाशित गरेको थियो । अब सरकारको उक्त निर्णयको वैधानिकतामाथि सर्वोच्च अदालतमा न्यायिक परीक्षण हुने भएको छ।

सम्बन्धित समाचार