सुन तोलामा ५ हजार ८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तो

7.2k Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला ५ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँ कायम गरिएको छ। बिहीबार यही सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ३५० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा सामान्य गिरावट देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ४ हजार ४५ अमेरिकी डलर र एक औँस चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार