इन्जिनियरिङ परिषद्को नेतृत्व चयनमा १४ प्रतिस्पर्धी छनोट
2.3k
Shares
काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार नियुक्तिका लागि १४ जना उम्मेदवार सर्टलिस्ट भएका छन्।
रजिष्ट्रार छनोट तथा सिफारिस समितिले प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि योग्यता र मापदण्ड पूरा गरेका १४ जनालाई सर्टलिस्ट गरेको हो। अब छनोटमा परेका उम्मेदवारहरूले प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ।
समितिका अनुसार प्रस्तुतीकरण, व्यावसायिक अनुभव, नेतृत्व क्षमता तथा अन्तर्वार्ताको मूल्याङ्कनका आधारमा योग्य उम्मेदवारको नाम परिषद्को रजिष्ट्रार पदमा नियुक्तिका लागि सिफारिस गरिनेछ।
नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार परिषद्को प्रशासनिक नेतृत्व गर्ने प्रमुख पद हो। परिषद्को दर्ता, नियमन, इन्जिनियरिङ व्यवसायको मापदण्ड कार्यान्वयन तथा संस्थागत व्यवस्थापनमा रजिष्ट्रारको महत्वपूर्ण भूमिका रहने व्यवस्था छ।
रजिष्ट्रार नियुक्तिको अन्तिम निर्णय भने सम्बन्धित निकायले सिफारिस समितिको प्रतिवेदनका आधारमा गर्नेछ।