सुन तोलामा ३०० र चाँदी २५ रुपैयाँले महँगियो

6.7k Shares

काठमाडौँ । स्थानीय बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य २५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ५०५ रुपैयाँ निर्धारण गरिएको छ।

बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ र चाँदी ४ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ र चाँदी ४ हजार ३७० रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ४ हजार १३३ अमेरिकी डलर र चाँदी ५९ अमेरिकी डलर मा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सम्बन्धित समाचार