काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँले वृद्धि हुँदा चाँदी पनि प्रतितोला ११० रुपैयाँले महँगिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम गरिएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ४८० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला ४ हजार ३७० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बुधबार एक औँस सुन ४ हजार १३९ अमेरिकी डलर तथा चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।