सिंहदरबारमा संघ–प्रदेशका ऊर्जामन्त्रीको बैठक, ऊर्जा क्षेत्रका साझा एजेन्डामाथि छलफल

1.7k Shares

काठमाडौं । संघीय सरकार र सातै प्रदेशका ऊर्जा मन्त्रीहरूको संयुक्त बैठक सिंहदरबारमा जारी छ। ऊर्जा क्षेत्रका साझा नीति, समन्वय र कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले बैठक आयोजना गरिएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा भइरहेको बैठकमा संघ र प्रदेशबीच ऊर्जा विकासका कार्यक्रम, विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणाली, नवीकरणीय ऊर्जाको प्रवर्द्धन र अन्तरसरकारी समन्वयका विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ।02-Energy-Ministers-Meet-1784618669.jpeg

बैठकमा प्रदेश सरकारहरूले ऊर्जा क्षेत्रमा भोगिरहेका समस्या, आयोजना कार्यान्वयनका चुनौती तथा समाधानका उपायबारे पनि धारणा राखिरहेका छन्। साथै, आगामी योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संघ र प्रदेशबीच सहकार्यलाई थप मजबुत बनाउने विषयमा समेत विचार–विमर्श भइरहेको छ।

मन्त्रालयका अनुसार बैठकबाट ऊर्जा क्षेत्रको विकासलाई गति दिने, प्रदेशसँगको समन्वयलाई संस्थागत बनाउने तथा साझा कार्ययोजना तयार पार्ने विषयमा महत्वपूर्ण निष्कर्ष निकालिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार