एसियाड तयारी तीव्र, नेपाली वुशु टोली विशेष प्रशिक्षणका लागि चीनतर्फ

2.1k Shares

काठमाडौं । २०औँ एसियाली खेलकुद प्रतियोगिताको तयारीस्वरूप विशेष प्रशिक्षणका लागि नेपाली राष्ट्रिय वुशु टोली चीन प्रस्थान गरेको छ।

मित्रराष्ट्र चीनको युनान विश्वविद्यालयमा सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा सहभागी हुन जाने टोलीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वुशु महासंघका महासचिव नवराज ढुंगाना (विश्वास) ले बिदाइ गरेका हुन्।

महासचिव विश्वासले खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई सफल प्रशिक्षण, सुरक्षित यात्रा र आगामी एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरे। उनले चीनमा हुने उच्चस्तरीय प्रशिक्षणले खेलाडीहरूको प्राविधिक क्षमता, सीप, शारीरिक तयारी तथा आत्मविश्वासमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गरे।

749330121_27660593280291085_3191100978497873369_n.jpg

नेपाल वुशु महासंघका अनुसार युनान विश्वविद्यालयमा हुने प्रशिक्षणले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको अभ्यास र आधुनिक प्रशिक्षण प्रणालीसँग परिचित गराउनेछ। चीन विश्व वुशुको अग्रणी राष्ट्र भएकाले त्यहाँ प्राप्त हुने प्रशिक्षण आगामी २०औँ एसियाली खेलकुदमा नेपालको प्रदर्शन सुधार गर्न महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

महासंघले यस प्रशिक्षणबाट खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अनुभव बटुल्दै एसियाली खेलकुदमा नेपालको चुनौतीलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।

 
सम्बन्धित समाचार