एसियाड तयारी तीव्र, नेपाली वुशु टोली विशेष प्रशिक्षणका लागि चीनतर्फ

540 Shares

काठमाडौं । २०औँ एसियाली खेलकुद प्रतियोगिताको तयारीलाई तीव्र बनाउने उद्देश्यसहित नेपाली राष्ट्रिय वुशु टोली विशेष प्रशिक्षणका लागि चीन प्रस्थान गरेको छ।

मित्रराष्ट्र चीनको युनान विश्वविद्यालयमा सञ्चालन हुने विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन जाने राष्ट्रिय टोलीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वुशु महासंघका महासचिव नवराज ढुंगाना (विश्वास) ले बिदाइ गरेका हुन् । 

नेपाल वुशु संघका अनुसार प्रशिक्षण अवधिमा खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरको प्राविधिक अभ्यास, आधुनिक प्रशिक्षण विधि तथा प्रतिस्पर्धात्मक खेल रणनीतिमा दक्षता हासिल गर्नेछन्। यसले खेलाडीहरूको प्राविधिक क्षमता, सीप, शारीरिक तन्दुरुस्ती र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

749330121_27660593280291085_3191100978497873369_n.jpg

संघले चीनमा हुने प्रशिक्षणले आगामी २०औँ एसियाली खेलकुदमा नेपाली वुशु टोलीलाई उत्कृष्ट प्रदर्शन गर्न थप बल पुग्ने विश्वास व्यक्त गरेको छ। चीन विश्व वुशुको प्रमुख शक्ति राष्ट्रमध्ये एक भएकाले त्यहाँको प्रशिक्षण नेपाली खेलाडीका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

नेपाली टोलीमा सहभागी खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई सफल प्रशिक्षण, सुरक्षित यात्रासहित अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्न शुभकामना व्यक्त गरिएको छ।

सम्बन्धित समाचार