संगीत, खेलकुद र चलचित्र उद्योग हुन् ? हर्क साम्पाङको सरकारसँग प्रश्न

1.6k Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग संगीत, खेलकुद र चलचित्र क्षेत्रलाई उद्योगका रूपमा मानिने वा नमानिने विषयमा प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभा नियमावलीबमोजिम मौखिक उत्तरका लागि उनले संसद् सचिवालयमा प्रश्न दर्ता गराएका हुन् । साम्पाङले ‘उद्योग भन्नाले के–केलाई बुझाइन्छ ?’ भन्दै उद्योगको परिभाषाबारे स्पष्ट पार्न सरकारसँग माग गरेका छन् । साथै संगीत, खेलकुद र चलचित्रलाई उद्योगका रूपमा मान्ने वा नमान्ने विषयमा पनि मन्त्रालयको धारणा माग गरेका छन् ।

उनले ती क्षेत्रलाई उद्योगका रूपमा मानिने हो भने आगामी आर्थिक वर्षका लागि कति बजेट विनियोजन गरिएको छ भन्नेबारे पनि जानकारी दिन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभा नियमावलीअनुसार सांसदहरूले सार्वजनिक महत्त्वका विषयमा सम्बन्धित मन्त्रीसँग मौखिक वा लिखित उत्तरका लागि प्रश्न सोध्न सक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार साम्पाङले उद्योग मन्त्रालयसँग आफ्नो प्रश्न दर्ता गराएका हुन् ।

सम्बन्धित समाचार