२९८ पुस्तकबाट मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति छनोट

1.3k Shares

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८२’ का लागि उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरेको छ । गुठीका अनुसार यस वर्ष मदन पुरस्कारका लागि विभिन्न विधाका २९८ वटा पुस्तक प्राप्त भएका थिए। तीमध्ये मूल्याङ्कन प्रक्रियापछि उत्कृष्ट १० कृति अन्तिम सूचीमा छनोट भएका हुन् ।

छनोट भएका कृतिमा ‘अज्ञात’ (केशवराज ज्ञवाली), ‘इथा’ (केशव दाहाल), ‘उत्कर्ष’ (ललित विष्ट), ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ (रोशनकुमार या), ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ (वीणा जोशी (राजभण्डारी)), ‘परिधि’ (उमा सुवेदी), ‘महायुग’ (सीमा आभास), ‘सलह’ (श्रवण मुकारुङ), ‘स्वस्पर्श’ (डा. नवराज केसी) र ‘हिउँद’ (नदीश) रहेका छन् ।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी प्रेस विज्ञप्तिअनुसार उत्कृष्ट १० कृतिमध्ये एक कृतिलाई ‘मदन पुरस्कार २०८२’ प्रदान गरिनेछ ।

मदन पुरस्कार नेपाली साहित्यको प्रतिष्ठित पुरस्कारका रूपमा परिचित छ। प्रत्येक वर्ष प्रकाशित उत्कृष्ट नेपाली कृतिमध्ये एकलाई यो पुरस्कार प्रदान गर्ने परम्परा रहेको छ ।

 
 
 
सम्बन्धित समाचार