अन्तर्राष्ट्रिय बजारको प्रभाव, नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

2.4k Shares

काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको मूल्य बढेको छ। आइतबार उल्लेख्य वृद्धि भएको सुनको भाउ आज थप ६ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य सोमबार प्रतितोला दुई लाख ८४ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ। आइतबार यही परिमाणको सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि सोमबार बढेको छ। आइतबार प्रतितोला चार हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ८० रुपैयाँले बढेर प्रतितोला चार हजार ३ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको व्यवसायीहरूको भनाइ छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार १६ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार