भोलि नेपाल आइपुग्दै १,२५० मेट्रिक टन डीएपी मल

2.2k Shares

काठमाडौं । नेपालमा सोमबार १ हजार २५० मेट्रिक टन डीएपी मल आइपुग्ने भएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार ग्लोबल टेन्डरमार्फत खरिद गरिएको ३० हजार मेट्रिक टन डीएपी मलमध्ये पहिलो खेप नेपाल भित्रिन लागेको हो।

कम्पनीका अनुसार उक्त मल भारतको कोलकाता बन्दरगाहमा जुलाई १० मा आइपुगेको थियो। त्यसमध्ये १ हजार २५० मेट्रिक टन मल साउन १ गते नेपालतर्फ ढुवानी सुरु गरिएको र सोमबार वीरगन्ज हुँदै नेपाल आइपुग्नेछ।

बाँकी रहेको डीएपी मल हाल कोलकाता बन्दरगाहमा प्याकेजिङ (ब्यागिङ) भइरहेको कम्पनीले जनाएको छ। प्याकेजिङ सम्पन्न भएसँगै अर्को एक रेक मल पनि वीरगन्जतर्फ पठाइएको छ भने बाँकी परिमाण क्रमशः नेपाल भित्र्याइनेछ।

यस्तै, ३० हजार मेट्रिक टन युरिया मल पनि कोलकाता बन्दरगाहमा आइपुगेको छ। हाल उक्त मलको अनलोडिङ र ब्यागिङको काम भइरहेको तथा सोमबार नै एक रेक युरिया मल वीरगन्जका लागि लोड गर्ने तयारी भइरहेको कृषि सामग्री कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार