राष्ट्र बैंक ऐनमा बैंकरको सुझाव : चेतावनीकै आधारमा सीईओ अयोग्य नबनाऔँ

1.6k Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वा सञ्चालकलाई नेपाल राष्ट्र बैंकले सचेत गराएको वा स्पष्टीकरण सोधेकै आधारमा अयोग्य घोषणा गर्ने व्यवस्था नगर्न बैंकरहरूले सुझाव दिएका छन्। यस्तो व्यवस्था प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने उनीहरूको भनाइ छ।

राष्ट्र बैंक ऐन संशोधनका लागि गठित कार्यदललाई सुझाव दिँदै बैंकर्सहरूले चेतावनी वा स्पष्टीकरणलाई अन्तिम कारबाहीसरह मान्न नहुने बताएका हुन्। उनीहरूका अनुसार कसैलाई अयोग्य ठहर गर्नुअघि निष्पक्ष अनुसन्धान, सुनुवाइ र कानुनी प्रक्रिया पूरा हुनुपर्ने व्यवस्था हुनुपर्छ।

बैंकरहरूले राष्ट्र बैंकलाई नियामकीय अधिकार प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने भए पनि प्रारम्भिक सचेतना वा स्पष्टीकरणलाई नै आधार बनाएर नेतृत्वबाट हटाउने व्यवस्था भए त्यसले बैंकिङ क्षेत्रको व्यावसायिक स्थायित्व र निर्णय प्रक्रियामा नकारात्मक असर पर्ने तर्क गरेका छन्।

उनीहरूले ऐन संशोधन गर्दा सुशासन र जवाफदेहितालाई बलियो बनाउने प्रावधान राख्नुपर्ने, तर प्रमाणित कसुरबिनै सीईओ वा सञ्चालकलाई अयोग्य बनाउने व्यवस्था समावेश गर्न नहुने सुझाव दिएका छन्। साथै, नियामकीय कारबाहीमा पारदर्शिता, अपिलको अधिकार र कानुनी उपचारको सुनिश्चितता आवश्यक रहेको पनि उनीहरूको जोड छ।

सम्बन्धित समाचार