काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा छापावाल सुन प्रतितोला एक हजार ९ सय रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम गरिएको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला ४ हजार २४० रुपैयाँ निर्धारण गरिएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँ र चाँदी ४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। आजको मूल्यसँग तुलना गर्दा सुनमा प्रतितोला १,९०० रुपैयाँ र चाँदीमा ४० रुपैयाँको वृद्धि भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च विन्दुमै रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज सुन प्रतिऔँस ४ हजार ३१ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ५६ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।