अविरल वर्षाले ६ मुख्य राजमार्ग ठप्प

1.3k Shares

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न क्षेत्रमा छ वटा प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा यात्रु र सवारीसाधनको आवागमन प्रभावित भएको छ ।

नेपाल प्रहरीका अनुसार पहिरोका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक, कान्ति लोकपथ, मेची राजमार्ग, सालझण्डी–ढोरपाटन सडक तथा अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलो खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।

यस्तै, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै नदी–खोला आसपासका बासिन्दा, यात्रु तथा सडक प्रयोगकर्तालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले बाढी, पहिरो र डुबानको जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

 
 
सम्बन्धित समाचार