अकुत सम्पत्ति मुद्दामा सुनिल पौडेल दोषी ठहर, विशेष अदालतले सजाय निर्धारणपछि सुनाउने

1.2k Shares

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनिल पौडेललाई अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र शालिग्राम कोइरालाको इजलासले बुधबार पौडेललाई भ्रष्टाचार कसुरमा दोषी ठहर गरेको हो। अदालतले सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्ने जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पदमा रहँदा वैध आम्दानीभन्दा धेरै सम्पत्ति आर्जन गरेको आरोपमा पौडेलविरुद्ध मुद्दा दायर गरेको थियो। अनुसन्धानका क्रममा उनको वैध आयभन्दा उल्लेख्य परिमाणमा बढी सम्पत्ति जोडिएको दाबी आयोगले गरेको थियो।

यसअघि राष्ट्रिय भुक्तानी प्रणाली (नेसनल पेमेन्ट गेटवे) खरिद प्रकरणमा पनि विशेष अदालतले पौडेललाई भ्रष्टाचार कसुरमा दोषी ठहर गर्दै नौ वर्ष कैद र जरिवानाको फैसला सुनाइसकेको थियो।

यद्यपि, नेपाल टेलिकमको बिलिङ प्रणाली खरिदसम्बन्धी छुट्टै भ्रष्टाचार मुद्दामा भने केही दिनअघि विशेष अदालतले पौडेलसहित १८ जनालाई सफाइ दिएको थियो।

सम्बन्धित समाचार