बालेनको भारत भ्रमणको चर्चा भारतीय मिडियामा, नेपाल सरकार मौन

1.7k Shares

काठमाडौं । भारतीय सञ्चारमाध्यम फर्स्टपोस्टले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को निकट भविष्यमा भारत भ्रमण हुन सक्ने दाबी गरेको छ ।

शनिबार प्रकाशित समाचारमा दुवै देशबीच भ्रमणको मिति र कार्यसूची तय गर्न कूटनीतिक तहमा छलफल भइरहेको उल्लेख गरिएको छ । फर्स्टपोस्टका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई नयाँ दिल्ली भ्रमणका लागि निमन्त्रणा दिएका छन् र शाहले उक्त निमन्त्रणा स्वीकार गरेका छन् ।

समाचारमा भ्रमणको मिति भने अझै तय नभएको उल्लेख गर्दै औपचारिक कार्यसूचीबारे छलफल जारी रहेको जनाइएको छ । यद्यपि, नेपाल सरकार वा प्रधानमन्त्री कार्यालयले यस विषयमा कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन । प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणबारे नेपालमा पनि अहिलेसम्म कुनै आधिकारिक चर्चा भएको छैन ।

यसअघि प्रधानमन्त्री बनेपछि बालेन शाहको भारत भ्रमणबारे विभिन्न अड्कलबाजी हुँदै आए पनि सरकारले औपचारिक रूपमा कुनै कार्यक्रम सार्वजनिक गरेको छैन । त्यसैले फर्स्टपोस्टको दाबीबारे दुवै देशका सरकारी निकायबाट पुष्टि हुन बाँकी छ ।

bale-ef-1783773340.jpeg

सम्बन्धित समाचार