गणेश नेपालीका सन्तानको शिक्षादेखि रोजगारीसम्म महानगरको प्रतिबद्धता

1.4k Shares

काठमाडौँ । आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीका परिवारलाई काठमाडौं महानगरपालिकाले रोजगारी, शिक्षा र आवश्यक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

महानगरले शुक्रबार विज्ञप्ति जारी गर्दै मृतक नेपालीका परिवारका एक सदस्यलाई योग्यता अनुसार रोजगारीको अवसर प्रदान गरिने जनाएको छ। साथै, उनका बालबालिकाको विद्यालय शिक्षाको सम्पूर्ण जिम्मेवारी महानगरले व्यहोर्ने निर्णय गरेको छ ।

महानगरले गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। परिवारलाई आवश्यक मानवीय तथा सामाजिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ ।

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनापछि गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा निधन भएको थियो। घटनापछि महानगर प्रहरीको भूमिकाबारे उठेका प्रश्नका विषयमा आन्तरिक छानबिनसमेत अघि बढाइएको छ ।

सम्बन्धित समाचार