अमेरिकालाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा, अब स्पेनसँग भिड्ने

1.4k Shares

काठमाडौँ । बेल्जियमले आयोजक अमेरिका माथि ४–१ को प्रभावशाली जित निकाल्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

मंगलबार बिहान भएको राउन्ड अफ–१६ को खेलमा बेल्जियमको जितमा चार्ल्स डे केटेलेरेले दुई गोल गरे। यस्तै हान्स भानाकेन र रोमेलु लुकाकुले एक–एक गोल थपे। अमेरिकाका लागि मलिक टिलम्यानले सान्त्वना गोल फर्काए।

यो जितसँगै बेल्जियमले अन्तिम आठमा स्पेनसँग भेट पक्का गरेको छ। स्पेनले राउन्ड अफ–१६ मा पोर्चुगललाई १–० ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो।

यस नतिजासँगै जारी विश्वकपका तीनै आयोजक राष्ट्र प्रतियोगिताबाट बाहिरिएका छन्। यसअघि मेक्सिको र क्यानडा पनि राउन्ड अफ–१६ बाटै बाहिरिएपछि अमेरिकाको हारसँगै आयोजक टोलीको चुनौती पूर्ण रूपमा समाप्त भएको छ ।

सम्बन्धित समाचार