अन्तिम समयमा पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा

1.9k Shares

काठमाडौँ । स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। राउन्ड अफ–१६ अन्तर्गत अमेरिकाको डलासमा भएको खेलमा स्पेनले इन्जुरी समयको अन्तिम क्षणमा निर्णायक गोल गर्दै रोमाञ्चक जित निकालेको हो ।

निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलरहित बराबरीमा रहेपछि खेल अतिरिक्त समयमा पुग्ने संकेत देखिएको थियो । तर दोस्रो हाफको इन्जुरी समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई अन्तिम आठमा पुर्‍याए ।

यससँगै स्पेन १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुगेको छ। सन् २०१० मा विश्वकप उपाधि जितेपछि स्पेन पहिलो पटक अन्तिम आठमा पुगेको हो । उता अन्तिम समयमा गोल खाँदा पोर्चुगलको विश्वकप यात्रा भने राउन्ड अफ–१६ मै टुंगिएको छ।

सम्बन्धित समाचार