गृहमन्त्रीको कोशी दौडाहा : सीमा सुरक्षा र भन्सार छली नियन्त्रणमा जोड

1.7k Shares

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले कोशी प्रदेशको भ्रमणका क्रममा सीमा सुरक्षा सुदृढ बनाउन र भन्सार छली नियन्त्रणलाई प्राथमिकतामा राखेका छन् । उनले खुला सीमाको दुरुपयोग गर्दै भइरहेको अवैध कारोबार रोक्न सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

कोशी भ्रमणका क्रममा उनले मोरङ जिल्ला प्रशासन कार्यालय, कोशी प्रदेश प्रहरी कार्यालय, रानी नाका, एकीकृत जाँच चौकी (आईसीपी) र अन्य सुरक्षा निकायको अनुगमन गरेका थिए। सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीका लागि आवश्यक पूर्वाधार र समन्वयलाई पनि उनले महत्व दिएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले खुला सीमाको फाइदा उठाउँदै हुने तस्करी र राजस्व चुहावट नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए । उनले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत बनाउँदै भन्सार छली र अवैध कारोबार नियन्त्रणमा कडाइ गरिने स्पष्ट पारे ।

सम्बन्धित समाचार