सुकुमवासीलाई बैंक खाता बुझाउने समय सकियो, २४ गतेभित्र खातामै रकम पठाइने

1.2k Shares

काठमाडौं । कीर्तिपुर होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई बैंक खाता विवरण बुझाउन सरकारले दिएको समयसीमा आइतबार सकिएको छ । सरकारले बैंक खाता बुझाएका लाभग्राहीको खातामा असार २४ गतेभित्र राहत रकम जम्मा गरिसक्ने तयारी गरेको छ ।

सरकारले यसअघि होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई तत्काल राहतस्वरूप पहिलो किस्तामा २५ हजार रुपैयाँ र त्यसपछि थप १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । सोही प्रयोजनका लागि लाभग्राहीलाई बैंक खाता उपलब्ध गराउन आग्रह गरिएको थियो ।

सरकारी अधिकारीहरूका अनुसार समयसीमाभित्र बैंक खाता विवरण बुझाएका सुकुमवासीको खातामा असार २४ गतेभित्र रकम पठाइनेछ। खाता नबुझाएकाहरूले भने रकम प्राप्त गर्न आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने जनाइएको छ ।

यसअघि केही सुकुमवासीले बैंक खाता खोल्न अस्वीकार गर्दै नगद राहतभन्दा दीर्घकालीन आवास व्यवस्थापनको माग गरेका थिए। त्यसपछि सरकारले बैंक खाता बुझाउन पुनः समय दिएको थियो ।

सम्बन्धित समाचार