सुन तोलामा ४०० र चाँदी १० रुपैयाँले घट्यो

4k Shares

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा सुन प्रतितोला ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले सस्तो भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदी प्रतितोला ४ हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य ४ हजार ४५० रुपैयाँ कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ४ हजार १७४ अमेरिकी डलर र चाँदी प्रतिऔँस ६२ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सम्बन्धित समाचार