काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलरसहित युरो, बेलायती पाउन्ड, स्विस फ्र्याङ्क, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरलगायत विभिन्न विदेशी मुद्राको खरिद तथा बिक्रीदर निर्धारण गरेको हो।
आजका लागि अमेरिकी एक डलरको खरिददर रु. १५०.७४ र बिक्रीदर रु. १५१.३४ तोकिएको छ। त्यसैगरी, एक युरोको खरिददर रु. १७१.९६ र बिक्रीदर रु. १७२.६४, बेलायती एक पाउन्ड स्टर्लिङको खरिददर रु. १९९.२८ र बिक्रीदर रु. २००.०७ कायम गरिएको छ।
यस्तै, स्विस फ्र्याङ्कको खरिददर रु. १८६.५२ र बिक्रीदर रु. १८७.२७, अस्ट्रेलियन डलरको खरिददर रु. १०४.०३ र बिक्रीदर रु. १०४.४४, क्यानेडियन डलरको खरिददर रु. १०६.२६ र बिक्रीदर रु. १०६.६९ तथा सिङ्गापुर डलरको खरिददर रु. ११६.५२ र बिक्रीदर रु. ११६.९९ निर्धारण गरिएको छ।
राष्ट्र बैंकका अनुसार जापानी येन (१० इकाइ) को खरिददर रु. ९.३३ र बिक्रीदर रु. ९.३६, चिनियाँ युआनको खरिददर रु. २२.१७ र बिक्रीदर रु. २२.२६ कायम गरिएको छ। भारतीय रुपैयाँ (१०० भारु) को विनिमयदर भने खरिद रु. १६०.०० र बिक्री रु. १६०.१५ यथावत् राखिएको छ।
नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै बेला विनिमयदर परिवर्तन गर्न सक्ने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने केही फरक हुन सक्ने राष्ट्र बैंकको भनाइ छ।