चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह बुधबार काठमाडौं फर्किएका छन्।
प्रधानमन्त्री शाह परिवारका सदस्यहरूसहित भरतपुर विमानस्थलबाट बुद्ध एयरमार्फत काठमाडौं प्रस्थान गरेका हुन्। रास्वपाको पहिलो महाधिवेशन गत असार ७ गतेदेखि भरतपुरमा जारी छ।
केन्द्रीय सदस्य पदका लागि मतदानको तयारी भइरहेका बेला प्रधानमन्त्री शाह चितवनबाट फर्किएका हुन्। उहाँ महाधिवेशन उद्घाटनका लागि गत आइतबार पत्नी र छोरीसहित भरतपुर पुग्नुभएको थियो।
मंगलबार भएको सभापति चयन प्रक्रियामा शाहले रवि लामिछानेलाई पुनः सभापतिमा चयन गर्न प्रस्तावकको भूमिका निर्वाह गर्नुभएको थियो। सभापति पदमा अन्य कसैको उम्मेदवारी नपरेपछि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।
रास्वपाको महाधिवेशनअन्तर्गत अहिले केन्द्रीय सदस्य चयनका लागि निर्वाचनको तयारी भइरहेको छ ।