मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरणमा प्रवेश

2.8k Shares

काठमाडौं । कप्तान लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा अष्ट्रियालाई २–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

समूह चरणअन्तर्गत भएको खेलमा मेस्सीले दुवै गोल गरे। उनले ३८औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने इन्जुरी समयमा दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे।

यी दुई गोलसँगै मेस्सी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन्। उनले विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्‍याउँदै जर्मनीका मिरोस्लाभ क्लोजेको १६ गोलको कीर्तिमान तोडेका हुन्। यसअघि अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै उनले क्लोजेको कीर्तिमान बराबरी गरेका थिए।

खेलको चौथो मिनेटमै पेनाल्टीको अवसर पाए पनि मेस्सी त्यसलाई गोलमा परिणत गर्न असफल भएका थिए। त्यसपछि उनले पुनरागमन गर्दै टोलीलाई महत्त्वपूर्ण जित दिलाए।

लगातार दोस्रो जितसँगै अर्जेन्टिनाले ६ अंक जोड्दै एक खेल बाँकी रहँदै अन्तिम ३२ मा स्थान पक्का गरेको छ। यसअघि अर्जेन्टिनाले पहिलो खेलमा अल्जेरियालाई ३–० ले पराजित गरेको थियो।

सम्बन्धित समाचार