आजदेखि लुम्बिनी प्रदेशसभामा बजेटमाथि छलफल सुरु

1.8k Shares

देउखुरी । लुम्बिनी प्रदेशसभाको बैठकमा आजदेखि आर्थिक वर्ष २०८३/८४ को आय–व्ययको अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सुरु हुने भएको छ।

प्रदेशसभा सचिवालयका अनुसार आठौँ अधिवेशनअन्तर्गतको दशौँ बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल प्रारम्भ गर्ने कार्यसूची तय गरिएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेटमाथि छलफल प्रारम्भ गर्ने प्रस्ताव पेश गर्नेछन्। त्यसपछि प्रदेशसभा सदस्यहरूले बजेटबारे आफ्ना धारणा राख्नेछन्। मन्त्री कार्कीले उठाइएका जिज्ञासा र प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

बैठकमा मन्त्री कार्कीले आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सञ्चित कोषबाट निश्चित रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धी विधेयकसमेत प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि यसअघि बजेट सार्वजनिक गरिसकेको छ। अब प्रदेशसभामा हुने छलफलपछि बजेटलाई आवश्यक प्रक्रियामार्फत पारित गरिनेछ।

सम्बन्धित समाचार