पूर्वमन्त्री राजेन्द्र खरेललाई कांग्रेसको अन्तिम श्रद्धाञ्जली

1.4k Shares

काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री तथा पार्टीका नेता राजेन्द्र खरेलप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको खरेलको पार्थिव शरीरमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओढाएर अन्तिम सम्मान व्यक्त गर्नुभयो ।

त्यस अवसरमा पार्टीका पदाधिकारी, नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले पुष्पगुच्छ अर्पण गर्दै श्रद्धाञ्जली दिएका थिए । लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहनुभएका खरेलले विभिन्न समयमा सरकारमा रहेर मन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो।

उहाँको निधनप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै देश र पार्टीले एक अनुभवी तथा समर्पित नेता गुमाएको जनाएको छ । श्रद्धाञ्जली कार्यक्रमपछि उहाँको पार्थिव शरीर अन्त्येष्टिका लागि लगिएको थियो । खरेलको निधनप्रति विभिन्न राजनीतिक दलका नेताहरूले पनि दुःख व्यक्त गर्दै उहाँले पुर्‍याउनुभएको योगदानको स्मरण गरेका छन् ।

 
 
सम्बन्धित समाचार